खेलकुद

नेपालले पहिलो ओभरमै लियो विकेट

काठमाडौ । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा स्थान पक्का गर्न नेपालले आज हङकङसँग खेलिरहेको नेपालले टस जितेर फिल्डिङ रोजेको छ । पहिलो ओभरमै नेपालका लागि अनिल कुमार शाहले हङकङका राग कपुरको विकेट लिएका छन् ।

मलेसियाको किन्ररा ओभल मैदानमा भैरहेको खेलमा २ ओभरको समाप्तीमा हङकङले १ विकेट गुमाई ८ रन बनाएको छ । आजको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ ।