मनोरञ्जन

सोमबारदेखि नेपाल–अफ्रिका फिल्म फेष्टिबल हुँदै

काठमाडौं । ‘छैटौं नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०१७’ आगामी असोजमा हुने भएको छ । ‘कलेज अफ जनालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)को आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म फेस्टिवल हुने शनिबार आयोजित पत्रकारसम्मेलनमा सो फेस्टिवलका प्रबन्ध निर्देशक डा. मञ्जु मिश्रले जानकारी दिइन् ।

उनले अफ्रिका र नेपालबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनका लागि फेस्टिवल आयोजना गर्न थालिएको बताए।

रुसी सांस्कृतिक केन्द्रमा हुने उक्त फेस्टिवलमा नेपाल, युगाण्डा, रुवाण्डा, सेनेगल, भारतसहित नौ देशका सांस्कृतिक, सामाजिक परिवेशका जीवन भोगाइका नौवटा लघुचलचित्र देखाइने छ ।