आर्थिक

वेष्टर्न युनियनद्वारा विजेता घोषणा

काठमाण्डौ । दशैं–तिहारको अवसर पारेर वेष्टर्न युनियनले दशैं तिहारको अवसरमा अघि सारिएको सम्बन्धको उपहार नारासहितको योजनाको पहिलो विजेताको घोषणा गरेको छ ।

विश्वमा भुक्तानी सेवाहरुको अग्रनी कम्पनीहरुको सूचीमा आउने वेष्टर्न युनियनले प्रत्येक वर्ष ल्याउने यो योजनालाई यस वर्ष पनि निरन्तरता दिएको हो । उक्त कम्पनीले यही सेप्टम्बर ११ तारिखमा उक्त विजेता घोषणा गरेको छ ।

दशैं तिहारको अवसरमा ल्याएको सम्बन्धको उत्सव अभियान अन्तर्गत आयोजना गरिएको सो कार्यक्रममा सामसुङ जे ७ प्रो जित्ने पहिलो बिजेताको नाम घोषणा गरिएको थियो । प्रत्येक साता अभियानभर गरिने लक्की ड्रमा यो पटक दाङ निवासी अर्जुन ओलीले सामसुङ जे–७ प्रो जितेका छन् ।

सामसुङ मोबाइल प्रत्येक साता दिनुका साथै यो अभियानले दैनिक रुपमा ग्राहकहरुलाई ५० देखि ५ सय रुपैयाँ सम्मको रिजार्च कार्ड समेत प्रदान गर्दे आएको छ । यो योजना भदौ १८ गतेदेखि कातिक ११ गतेसम्म लागू हुने जनाइएको छ ।