पु.समाचार

महोत्तरीमा नेपाली कांग्रेसले पहिलो खाता खोल्यो

महोत्तरी । सोमबार सम्पन्न दुई नम्बर प्रदेशको निर्वाचनका क्रममा जिल्लामा नेपाली कांग्रेसले पहिलोपटक खाता खोलेको छ । जिल्लाको लोहारपट्टी नगरपालिकामा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् ।

सो नगरपालिकाको मेयरमा कांग्रेसका शैलेन्द्रकुमार यादव ४५२३ मतसहित विजयी भएका छन् भने उपमेयरमा कांग्रेसकै सरितादेवी शर्मा ४५५२ मत ल्याएर विजयी भएकी छन् ।

मेयर यादवका निटकतम प्रतिद्धन्द्धी राजपाका हविव राईनले २९२९ मत ल्याएका छन् भने उपमेयरका निकटतम प्रतिद्धन्द्धी निशा साहले ३१०३ मत ल्याएकी छन् ।