२९ जेठ, काठमाडौं । वित्तीय प्रणालीमा निक्षेप ८० खर्ब १७ अर्ब रुपैयाँ पुगे पनि कर्जाको माग सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूलाई स्रोत परिचालन चुनौती बनेको छ।
हाल कुल कर्जा प्रवाह ५९ खर्ब १५ अर्ब रुपैयाँमा सीमित छ भने अधिक तरलताका कारण १० खर्बभन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा थन्किएको छ।
विशेषज्ञहरूका अनुसार उद्योग, पूर्वाधार, घरजग्गा र सेयर बजारमा लगानी नबढ्दा बैंकहरूले निक्षेपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकेका छैनन्।
यसले बैंकको ब्याज खर्च बढाउनुका साथै अर्थतन्त्रमा लगानी विस्तार र आर्थिक गतिविधि अझै सुस्त रहेको संकेत गरेको छ।




