पु.समाचार

कांग्रेसको विजयी र्यालीमा एमालेको आक्रमण

काठमाण्डौ । बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाईते भएका छन् । घाईते सबै कांग्रेस कार्यकर्ता हुन् ।

बृन्दावन नगरको मेयर पदमा रामस्नेही यादव र उपमेयरमा नुरजहाँ खातुन निर्वाचित भएको घोषणा शुक्रबार साँझ भएको थियो ।

शनिबार विहान कांग्रेस कार्यकर्ता र्यालीसहित यादवको घर क्षेत्र विश्रामपुरतर्फ जानेक्रममा हर्षाहाटो लमा एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।
समान्य विवाद झडपमा परिणत भएको थियो ।

आइतबारको नागरिकमा लेखिएको छ, बाँसको भाटासहित घरेलु हतियार बोकेका एमाले कार्यकर्ताको आक्रमणबाट शेख खैरुल्लाह, शेर हेमराजुल, शेख जाहिर मोहम्मद सैमुल्लाह घाईते भएका छन् ।