खेलकुद

म्यानचेष्टर सिटीको शानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिडर म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५–० ले हराएको हो ।

सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा  लिरोय साने, सर्जियो अग्यु्रो र फाबियन डेल्फले एक एक गोल गरे । ४४ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका हुन् । दोस्रो हाफमा सिटीले थप चार गोल गर्‍यो ।

५१ र ५९ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको  अग्रता ३–० मा पुग्यो । ७९ औं मिनेटमा अग्युरो र ८९ औं मिनेटमा डेल्फले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।

जितपछिशीर्ष स्थानको म्यानचेस्टर सिटीको ६ खेलबाट १६ अंक भएको छ । समान १६ अंक भएको म्यानचेस्टर युनाइटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वाट्फोर्डले स्वान्सी सिटी तथा एभर्टनले बोर्नमाउथलाई समान २–१ ले हरायो ।