खेलकुद

मनाङ मस्याङ्दीविरुद्ध सिक्किम फुटबल एसोसियसनले उजुरी दिएपछि….!

काठमाडौं  भारतको सिक्किम फुटबल एसोसिएसनले अखिल नेपाल फुटबल स‌ंघमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध आरोप पत्र दायर गरेपछि मनाङ गभर्नर्स गोल्डकपमा सहभागी हुन राजी भएको छ ।

यसअघि प्रतियोगितामा सहभागी हुन नाम पठाइसकेको मनाङले खेल तालिका सार्वजनिक भएपछि खेलाडी अभाव देखाउँदै सहभागी नहुने बताएको थियो ।  सिक्किम फुटबल एसोसिएसनले मनाङमाथि कारवाहीको माग गर्दै आरोप पत्र एन्फामा पठाएको थियो । साथै यो विषयलाई एएफसी र फिफामासमेत लैजाने धम्की दिएको थियो ।

मनाङका अफिसियल विजय घलेले क्लबले गभर्नर्स क्लब खेल्ने पक्का भएको बताएका हुन् । मनाङ भोलि आइतबार बेलुका सिक्किमको राजधानी गान्टोक पुग्नेछ । मनाङले मङ्गलबार गान्टोकमा रहेको पाल्जोर स्टेडियममा सिधै क्वाटरफाइनल खेल्नेछ ।