अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पले रहस्यमय घोषणा गरेपछि….!

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्षौंदेखि प्योङयाङसँगको वार्ता नतिजामुखी हुन नसकेकोले उत्तर कोरियामाथि अब ‘एउटै कुराले काम गर्ने’ बताएका छन्।

ट्रम्पले ट्वीट गरेका छन्, “राष्ट्रपतिहरु तथा उनीहरुका प्रशासनले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरिरहेका छन् तर त्यसले नतिजा निकालेको छैन।” यद्यपि ट्रम्पले त्यो ‘एउटै कुरा’ बारे थप खुलाएका छैनन्।

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देश चर्को आरोप-प्रत्यारोपमा व्यस्त छन्। अमेरिकाले क्षेप्यास्त्र परीक्षणहरु रोक्नका निम्ति उत्तर कोरियामाथि दबाब दिंदै आएको छ।

हालै उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्रले बोक्न सक्ने पारमाणविक युद्धशीर्षको पनि विकास गरेको बताएको थियो।

गत महिना राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले आफ्नो वा आफ्ना साझेदार मुलुकहरुको रक्षा गर्नुपर्ने अवस्था आए उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पारिदिने’ चेतावनी दिएका थिए।

यही बीचमा राष्ट्रपति ट्रम्पले अर्को रहस्यमय घोषणा गरेको भन्दै विश्व राजनीतिक र कुटनीतिक क्षेत्र तरंगित भएको छ ।