ब्रेकिङ न्युज

प्रधानमन्त्रीलाई भण्डारीकाे सुझाव : फलेको वृक्ष नै झुकेको हुन्छ, देशको बारेमा बोल्दा जिम्मेवार र सचेत हुनु

२२ जेठ , काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहकाे अभिव्यक्तिलाई लिएर सुझाव दिएका छन् ।

फलेकाे वृक्ष नै झुकेको हुन्छ भन्दै देशको बारेमा बोल्दा र लेख्दा अत्यन्तै जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

केहिदिन अघि प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा आफू प्रधानमन्त्री भएपछी नेपालले पनि भारतकाे भुमि मिचेकाे थाहा पाएकाे भनेर दिएको अभिव्यक्तिलाई लिएर यस्तो सुझाव दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत देशको कूटनीति, नेतृत्वको जिम्मेवारी र सामाजिक सञ्जालको प्रयोगबारे गम्भीर विचार व्यक्त गरेका छन्।

उनले फलेको बृक्ष नै झुकेको हुन्छ भन्ने उखान उद्धृत गर्दै देशको बारेमा बोल्दा वा लेख्दा अत्यन्त जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएका छन्।

भण्डारीले जिब्रो चिप्लिन सक्ने, शब्द चयनमा त्रुटि हुन सक्ने वा कुटिल कूटनीति पनि हुन सक्ने स्वीकार गर्दै त्यसलाई आधार बनाएर सामाजिक सञ्जाल तताउने प्रवृत्ति कदापि उचित नभएको बताएका छन्।

उनको भनाइ छ, “कूटनीति होहल्ला, आरोप(प्रत्यारोप र सडकबाट निर्धारण हुँदैनस यो संवाद, धैर्य र परिपक्वताबाट निर्देशित हुन्छ। प्रतीक्षा गरौं१”नेता भण्डारीले जननी र जन्मभूमि दुवै पवित्र रहेको र व्यक्ति आउँछ, जान्छ तर देश रहिरहन्छ भन्ने शाश्वत सत्यलाई पनि स्मरण गराएका छन्।

उनले ठूला लक्ष्य लिएर हिँडेका नेताहरू अल्झिनु नहुने र समयअनुसार नयाँ चुनौती र अवसरतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

अन्तमा, उनले जिउँदो मानिसका गल्ती कमजोरी हुन्छन्, सच्याउन सकिन्छ। मुर्दाको न कमजोरी हुन्छ, न सुधारको सम्भावनाु भन्दै गल्ती स्वीकार गरी सुधार गर्ने अवसर सधैँ रहने सन्देश दिएका छन्।

उनको यो स्टाटसले वर्तमान राजनीतिक र कूटनीतिक परिवेशमा देखिएका केही प्रवृत्तिहरूमाथि गम्भीर बहसको आवश्यकता औंल्याएको छ।