खेलकुद

स्पेन र इटालीको जित

एजेन्सी ।  आउँदो वर्षमा रुपमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत सोमबार राति भएका खेलमा स्पेन र इटाली विजयी भएका छन् ।

समूह ‘जी’ अन्तर्गतको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको स्पनेले इजरायललाई १–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनलाई जिताउन ७६ औं मिनेटमा इलारामेन्दीले गरेको गोल नै निर्णायक बन्यो ।

अर्को खेलमा इटालीले अल्बानियालाई पनि १–० ले नै हरायो । इटालीको जितमा ७३ औं मिनेटमा क्यानड्रेभाले गरेको गोल निर्णायक भयो । इटालीले विश्वकप प्रवेशका लागि प्ले–अफ खेल्नु पर्ने छ । समूह ‘जी’ अन्तर्गतकै खेलमा मेसेडोनियाले  लिचेस्टाइनलाई ४–० ले हरायो ।