बागलुङ । निवर्तमान सभामुख ओनसरी घर्तीले एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकता नहुने बताएकी छन् । घर्तीले एकता निर्वाचनअघि नै हुने चर्चा चलिरहे पनि थुप्रै विषयमा छलफल र बहस बाँकी रहेको खुलाइन् ।
उनले भनिन्, म पनि कामना गर्छु कि सकेसम्म चाडै पार्टी एकता होस् । यो अहिलेको आवश्यकता हो ।तर अझै यथेष्ठ छलफल, बहस हुन आवश्यक छ ।
उनले विगतमा धेरै पार्टी हतारमा एकतामा जाँदा केही समयमै फुट्ने गरेको तथ्यबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै धैर्य राखेर एकता गर्दा दुरदृष्टि हुने बताइन् भन्दै सोमबारको अन्नपूर्णमा लेखिएको छ ।