ब्रेकिङ न्युज

हर्क साम्पाङलाई ट्राफिक प्रहरीले किन गर्‍यो कारबाही ?

२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो पोस्ट गरेपछि उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

उनलाई लापरबाही साथ सवारी चलाएको भन्दै कारबाही गरिएको प्रहरीले जनाएको छ ।

जेठ २२ गते उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए ।

दुर्घटना परेर हातमा चोट लागेको भिडियो उनैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनको भिडियो सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो ।