३१ असार, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।
चारजना मन्त्रीलाई बर्खास्त गरेका हुन् । बजेट पारित गर्न एमालेले अँटेर गरेपछि बर्खास्त गरिएको छ ।
सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, कृषिमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउदलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन् ।
आजै बिहानमात्रै उनी काठमाडौंबाट सुदूरपश्चिम गएका थिए ।





