राजनीति

बामदेवको जिल्लामा हज्जारौं एमाले–माओवादीका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

बर्दिया । बर्दियामा संघीय समाजवादी फोरम नेपाल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि १ हजार नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

प्रवेश गर्नेमा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष तथा माओवादी केन्द्रबाट बर्दिया १५ मा नगर सदस्यमा निवार बिन्ती राम थारु, सघीय समाजवादी फोरमका यूवा नेता एवं गुलरिया उधोग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मनोज यादव, संघीय समाजवादीबाट वडा सदस्यमा निर्वाचित मोहम्मद सहिद धोबी, एमाले नेता मोती यादव लगायतका नेताहरु रहेका छन् ।

कांग्रेस जिल्ला सभापति एवं सिँचाइमन्त्री संजय गौतम, भूमीसुधारमन्त्री डा.गोपाल दहित, क्षेत्रीय सभापति मुक्तीनाथ यादवले नव प्रवेशीहरुलाई फूलमाला तथा अबीर लगाई स्वागत गरेका थिए ।

बर्दिया एमाले उपाध्यक्ष वामदेव गौतमको समेत प्रभाव रहेको जिल्ला हो । कांग्रेसमा फर्किएको यो जनलहरले उनलाई समेत प्रभावित पार्न सक्ने जनाइएको छ ।