राजनीति

बिक्रम पाण्डेको पुर्बघोषणा अनुसार पुष्पकमल दाहालले हार्ने निश्चित!

भरतपुर । सर्बाधिक चासोको रुपमा हेरिएको चितवनको क्षेत्र नम्बर ३ मा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्बाचन हार्ने निश्चित भएको छ । चितवन ३ मा मत परिणाममा शुरुवाती रुपमा दाहालले अग्रता कायम गरेपनि पछिल्लो परिणाम अनुसार लोकतान्त्रीक गठबन्धनका उमेर्द्वार बिक्रम पाण्डेले उछिनेका छन् । सबै फरक फरक क्षेत्रबाट मतगणना गरिरहेहिएको चितवनका तीनवटै क्षेत्रमध्ये राजनीतिक रुपमा महत्वपूर्ण अर्थ राख्ने उक्त क्षेत्रमा दिउसो २ बजेबाट मतगणना गर्न शुरु भएके थियो ।
१००० मत गन्दा राप्रपा प्रजातान्त्रीकका बिक्रम पाण्डेले ५५१ मत प्राप्त गरेका छन् भने माओबादी केन्द्रका पुष्पकमल दाहालले ३३७ मत प्राप्त गरि पाण्डेलाई पछ्याईरहेका छन् ।

७० प्रतिशत मतदान भएको चितवनमा बिहानैदेखी मतगणना गर्ने भनिएपनि दलहरुको अपरान्हबाट मतगणना गर्ने सहमती अनुसार २ बजे शुरु गरिएको मतदान अधिकृत कुलप्रसाद शर्माले सुर्यखबरलाई बताए । ३५४०३६ मतदाता भएको चितवनमा मतदानस्थलमा ईन्टरनेट, सीसी क्यामेरा समेतको ब्याबस्था गरिएको छ ।

स्थानीय तहको निर्बाचनमा मतपत्र च्यातेर बिबादमा आएको चितवन जिल्लामा सुरक्षा ब्यवस्था समेत कडा गरिएको छ । शुरुवाती मतमात्र सार्बजनिक भएकोले अहिल्यै कसले जित्छ भनेर भने भन्न नसकिने ३ नम्बर क्षेत्रका स्थानीय मतदाताहरु बताउछन् ।

बिक्रम पाण्डेले पत्रकारहरुको कुराकानीमा दाहाललाई आफूले लज्जासपद रुपमा हराउने बताएका थिए, यहि मतगणना अनुसार नै मत आउने हो भने उनको भनाई सत्य सावित हुनेछ ।