खेलकुद

एभरेस्ट प्रिमियर लिगः पोखरामाथि विराटनगरको रोमाञ्चक जित

काठमाण्डौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा विराटनगर वारीयर्सले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको छ ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २२ रन जोडेको थियो । उसका लागि मध्यक्रमका ब्याट्सम्यान राजेश पुलामी मगरले सर्वाधिक ३० रन जोडेका थिए । पोखराको ब्याटिङको अन्तिम ओभरमा ब्याट्सम्यानले पिचको बिचमा कुदेपछि अम्पायरले विपक्षी टोलीलाई पाँच रन पेनाल्टी दिएका थिए । विराटनगरका कप्तान पारस खड्काले ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि ओपनर अनुस्मन रथले ६० रनको पारी खेल्दै टोलीलाई जितको नजिक पुर्याए । रथ १९ औं ओभरमा रनआउट भएका थिए । अन्तिम ओभरमा ८ रन चाहिएको स्थितिमा विराटनगरले २ बल बाँकी छँदै जित हात पार्यो । पोखराका सुशन भारी र इस्रार उल्लाहले २(२ विकेट लिएका थिए भने शक्ति गौचन र सुनिल धमला १(१ विकेट हात पारे ।

दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले काठमाण्डौ किङ्ग्स ११ को सामना गर्दैछ ।