पु.समाचार

ट्रकले स्कुटरलार्इ ठक्कर दिंदा एककाे मृत्यु

धुलिखेल, पुस २८ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बाँसघारीमा बिहीबार अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–९ का राजकुमार ठकुरीको मृत्यु भएको छ ।

धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ५९ प ८९५१ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख १९४३ नंको एलपी ट्रकले ठक्कर दिँदा गम्भीर घाइते ठकुरीको उपचारका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहाहुर थापाले बताउनुभयो । रासस