अन्तर्राष्ट्रिय

शक्तिशाली ज्वालामुखी विस्फोटका कारण गिनी शोक मग्न

पपुवा, न्युगिनी । कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ ।

वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केको बताएपछि उक्त क्षेत्र वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षित स्थलतर्फ लगिएको बताइएको छ ।

यहाँको ज्वालामुखी लामो समयसम्म शान्त रहेको बताइएको थियो । तर आइतबार एक ज्वालामुखी अकस्मात विस्फोट हुन थालेपछि यहाँका टापूहरुबाट करिब १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

रेड क्रसले जनाएअनुसार उक्त ज्वालामुखी यहाँको कादोभार टापूबाटा निस्किएको हो । गएको करिब एक सातादेखि धुँवा र खरानी बाहिर निस्कन थालेको थियो । तर आइतबार विस्फोट नै भएको छ ।

अहिले पनि ज्वालामुखी विस्फोट हुने क्रम तीव्र भएको छ । त्यसैले यहाँ रहेका बासिन्दालाई अन्यत्र सारिएको छ भने अझै वरपरका कैयाँ नागरिकलाई पनि प्रमुख द्वीपतर्फ लैजानुपर्ने भएको अधिकारीहरुले जनाएका छन् ।