राजनीति

उपचारका लागि बैंकक गएका ओली माघ ४मा स्वदेश फर्कदै, यस्तो छ उनको स्वास्थ्य अवस्था

काठमाण्डौ । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन् ।

गत पुस २६ मा त्यसतर्फ गएका उनी आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।