२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले अब देश र जनतासँग माफी माग्नुपर्ने बताएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले अब संसद्मा नभएर देश र जनतासँग माफी माग्नुपर्ने बताएका हुन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले कांग्रेसले प्रधानमन्त्री शाहलाई लिएर अब प्रश्न नगर्ने र संसद् अवरुद्ध नगर्ने पनि बताए।
प्रधानमन्त्री जिम्मेवार नबने पनि प्रतिपक्ष दल जिम्मेवार बन्ने उनको भनाइ छ। यधपी उनले आजको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोध गरेका थिए।




