खेलकुद

जुडो राष्ट्रिय टिमको प्रशिक्षण सातदोबाटोमा सुरु

काठमाण्डौ । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट आएका जुडो प्रशिक्षक डान तेलर्काले राष्ट्रिय टिममा परेका जुडो खेलाडीलाई बुधबारदेखि प्रशिक्षण दिन सुरु गरेका छन् ।

समान १४–१४ पुरुष÷महिला खेलाडीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिन थालिएको हो । गत पुस अन्तिम साता सातदोबाटोमा सम्पन्न राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगिताको आ–आफ्नो तौलसमूहमा पहिलो र दोश्रो हुने खेलाडीलाई प्रशिक्षणमा राखिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

आसन्न दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदको तयारीलाई ध्यानमा राखि जुडो संघले अन्तर्राष्ट्रिय प्रशिक्षकका लागि जुडो संघले आईजेएफमा पहल गरेको थियो । सोही अनुरुप आईजेएफले रोमानियाका छैटौं डान तेलर्कालाई नेपाल पठाएको हो ।