विशेष

ईमान्दार कार्यकर्तालाई अवशर दिनुपर्छ भन्दै डा. कोईरालाले यस्तो गरे ११ बुंदे बिश्लेषण

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले केन्द्रिय समिति बैठकमा आफ्नो फरक मत राखेका छन् । सधैं खरो रुपमा प्रस्तुत हुने डा. कोईरालाले यसपटकको कार्यसमिति बैठकमा बुंदागत रुपमा नेतृत्वसमक्ष मन्तब्य राखेका छन् । मंसिर १० र २१ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्बाचनमा काँग्रेसले दोस्रो पार्टीमा खुम्चिनुपरेपनि देश दौडामा निस्कन नछाडेका नेता कोईराला पार्टीले लिनुपर्ने आगामी राणनीकिको बिषयमा स्पष्ट देखिन्छन् ।

डा कोईरालाले केन्द्रिय समिति बैठकमा राखेका यस्ता छन् मुख्य ११ बुंदाहरु :-

१. नेपाली काँग्रेसले निर्वाचन हारेकै हो, सिट कम आएपनी पपूलर भोट आएको छ भनेर चित्त बूझाएर बस्ने बेला छैन।

२. पार्टी निर्वाचन लडेको जस्तो देखिएन। ब्यक्ती लडेको जस्तो मात्रै देखियो।

३. म पनी निर्वाचन हारेको ब्यक्ती हुँ। मलाई कसैले हराएको हैन, म आफै हारेको हुँ। तर आफू हारेपनी दुबै प्रदेश जिताउँने म मात्रै एक्लो प्रतिनिधिसभा उम्मेदवार हुँ।

४. निर्वाचन पछाडी देशभरका नेता र कार्यकर्ता साथीहरूमा निरासा छाएको छ। तिनको मनोबल उच्च बनाउँन जरूरी छ।केन्द्रिय समितिले केन्द्रिय प्रतिनिधि पठाएर हुन्छ या के गरेर हुन्छ तत्कालै उनीहरूसँग संवाद गर्न जरूरी छ।

५. कसैलाई दोष नदिई पार्टीले निर्वाचनमा किन पराजय भोग्नपर्यो? यसको समिक्षा गर्न जरूरी छ। यसका लागी फागुनको पहिलो सातानै महासमितिको बैठक बोलाईनुपर्छ।

६. निर्वाचनको समयमा गरिएको लोकतान्त्रिक गठबन्धनको कूनै औचित्य नै साबित भएन । कहीं पनि हाम्रा साथीहरूले यो गठबन्धनको अनूभूती गर्न पाएनन्।

७. सूजाता कोईराला बाहेक कसैलाई पनि समानूपातिकमा नदोहोर्याउँने सहमती बालूवाटारको यही कोठामा भएको हो तर किन धेरै ब्यक्तीलाई २ पटक र ३ पटक सम्म एकै ब्यक्तीलाई समानुपातिकको उम्मेदवार बनाईयो ।

८ पार्टीभित्रका युवाहरूले चलाएको अभियानका बारेमा नेतृत्व पंतीबाटै नकारात्मक टिका टिप्पणीहरू भए। समयमै केन्द्रिय समिति बैठक बसेको भए उनीहरूले त्यहीं उहाँहरूले आफ्ना कुराहरू राख्नुहुन्थ्यो।यसमा अन्यथा लिनुपर्ने थिएन र छैन।

९. सबै जिम्मेवार साथीहरूले कार्यसम्पादन समिति र संसदिय समिती अवैधानिक भयो भनिरहनुभएको छ। कार्यसम्पादन समितीमा त म छैन। सभापतीज्यूले संसदिय समितिमा मलाई आमन्त्रित सदस्यको रूपमा राख्नुभयो। त्यसका लागी सभापतिज्यूलाई धन्यबाद दिन चाहन्छु।टिकट बितरणमा म बाट पनी केही गल्ति र कमिकमजोरी भयो होला त्यसको जिम्मेवारी लिंदै अवैधानिक भनिएको यो समितीमा आजदेखी म बस्ने छैन भन्ने जानकारी गराउंन चाहन्छु।

१०. हुन त प्रदेस प्रमुख नियुक्त गर्ने काम सरकारको हो। अहिले नियुक्त प्रदेश प्रमुखहरूमा कतैबाट पनि खोट लगाउँने ठाउँ छैन, राम्रा ब्यक्तीहरू नियूक्त भएका छन्।तर केही समय पहिले काशिराज दाहालको समितिले सम्बन्धित प्रदेशकै ब्यक्तीलाई प्रमुख बनाउँन हुँदैन भन्ने प्रतिबेदन दिएको थियो। सरकारले बिज्ञको त्यो रिपोर्टलाई बेवास्ता गर्ने काम गर्यो।

११. जहाँसम्म राष्ट्रियसभाको कुरा छ– पार्टीमा दुःख गरेका धेरै पुराना साथीहरू र अवसर नपाउँनुभएका केन्द्रिय सदस्यहरू हुनुहुन्छ। राष्ट्रियसभामा उहाँहरूलाई अवसर दिईनुपर्छ।