विशेष

यसरी नगरकोटको २८ र २९ गतेको तरुण भेलापश्चात काँग्रेसको स्वरुप नै परिवर्तन हुँदैछ

कठमाण्डौ । नेपाली काँग्रेसको युवा भातृसंस्था नेपाल तरुण दलले माघ २८ र २९ गते भक्तपूरको नगरकोटमा ७७ वटै जिल्लाका अध्यक्षहरुको तरुण दल जिल्ला भेलाको आयोजना गर्ने भएको छ । स्थानीय तहको निर्बाचन त्यसपछि सम्पन्न भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्बाचनमा नेपाली काँग्रेसको पराजयको समिक्षा गर्दै काँग्रेसलाई शसक्त बनाउन देशभर युवाहरुलाई परिचालन गर्ने रणनीतिमा तरुण दल लागेको उक्त भेलाको आयोजनाले देखाउछ ।

तरुण दलका महासचिब भूपेन्द्रजंग शाहीले तरुण दलले जिल्ला अध्यक्षहरुको भेला आगेजना गरेको जानकारी दिएका छन् । ०७० सालमा संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको रुपमा परिचित नेपाली काँग्रेस ०७४ सालको निर्बाचनमा दोस्रमा खुम्चिन पुगेको छ । काँग्रेस नेतृत्वले पोखरा माहाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिब र कोशाध्यक्ष बनाएपनि झण्डै एक सय तरुण दलका सदस्यहरु आँट्ने तरुण दल कमिटिबिहीन छ ।

तरुण अध्यक्ष जितजंग बस्नेत र महासचिब भूपेन्द्रजंग शाही

नेपाल तरुण दलको उक्त दुईदिने भेला पश्चात नेपाली काँग्रेसको वडा सम्मको संगठनको स्वरुप नै परिवर्तन हुने तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले सुर्यखबरलाई बताए । यस्ता भेला र छलफल राखिरहनु राम्रो हुन्छ, बेला बेलामा केन्द्रले जिललालाई निर्देशन पनि दिनुपर्छ अध्यक्ष गुरुङले भने ।

तरुण दल केन्द्रिय अध्यक्ष जितजङ बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिब भूपेन्द्य्रजंग शाही, कोशाध्यक्ष बिद्वान गुरुङ चारजनाको तरुण दलको केन्द्रिय कार्यालयमा बसेको बैठकले काँग्रेस नेतृत्वसंग आन्तरिक छलफल पश्चात उक्त भेला आयोजन गर्ने निर्णय गरेका थिए ।

-भेलाका लागि महासचिबले जारी गरेको बिज्ञप्ती