खेलकुद

फिजम कप फुटबल भोलिदेखि

काठमाण्डौ । विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा सातौं फिजम कप उपत्यकाव्यापी अन्तर विद्यालय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।
आयोजक फिजमले मंगलबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । प्रतियोगितामा उपत्यकाका २४ विद्यालय सहभागी हुनेछन् । प्रतियोगिताको बुधबार केन्द्रीय प्याब्सन अध्यक्ष विजय साम्बाहाम्फेले उद्घाटन गर्नेछन् । नक आउट चरणमा खेलाईने प्रतियोगिता २० गते समापन हुने फिजम्का सचिव एवं फुटबल प्रतियोगिताका संयोजक देवीप्रसाद डोटेलले जानकारी दिए ।

विद्यालयहरुबीच सद्भाव कायम गर्ने तथा विद्यार्थीहरुलाई खेलका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष फिजम्ले आफ्ना सदस्य विद्यालयहरुबीच यस किसिमका प्रतियोगिता गर्ने गरेकाले त्यसैको निरन्तरता स्वरुप प्रतियोगिता गरेको डोटेलले बताए । प्रतियोगिता अन्तर्गत उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन बेस्ट गु्रप भिजन र अन्नपूर्ण सकेन्डरी स्कुलबीच हुनेछ ।