पु.समाचार

एक ब्यक्तीले साँसद सिलवाल आफूसँग रहेको दाबी गर्दै प्रधानमन्त्री र आईजीपीलाई दिए यस्तो चुनौती, प्रहरी भन्छ अनुसँधान गर्दैछौँ

काठमाण्डौ । कीर्ते कागजातको अभियोगमा काठ्माण्डौ प्रहरीले अनुसंधान गरिरहेका पूर्ब डीआईजी नवराज सिलवाल आफूसंग रहेको र आवश्यक पर्ने ब्यक्तीले आफूलाई सम्पर्क गर्न ललितपुरका एक एमाले कार्यकर्ताले सरकार र नेपाल प्रहरीलाई चुनौती दिएका छन् । मंगलबार मध्यान्हमा आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफ्नो नम्बर समेत राखेर सिलवाल संग सम्पर्क गर्न चाहनेले आफूलाई सम्पर्क गर्न भनेका छन् । गोदावरी नगरपालिकामा नेपाली काँग्रेससंग स्थानीय तहको निर्बाचनमा मेयरमा पराजित भएका पुरुसोत्तम आचार्यले डीआईजी सिलवालको कीर्ते बिषयमा छानबिन गरिरहेको काठमाण्डौ प्रहरीलाई चुनौती दिएका हुन् ।
काठ्माण्डौ प्रहरी प्रवक्ता जोसीले भने यस बिषयमा थप अनुसंधान भईरहेको बताका छन् ।

प्रतिनिधि सभा निर्बाचन प्रत्यक्ष तर्फबाट बिजय भएका नब निर्बाचित साँसद अहिले काठमाण्डौ प्रहरीको खोजीको सूचीमा परेका छन् । नेपाल प्रहरीमा डीआईजी हुंदा आईजीपी बन्न पाउ भनि सर्बोच्च अदालतमा रिट दायर गरेका डिआईजी सिलवालको पक्षमा अदालतले निर्णय नसुनाएपछि उनी नेकपा एमाले तर्फबाट राजीतिमा होमिएका थिए ।
पहिले काँग्रेससँग नजिक भएको भनिएका उनै सिलवालका बिरुद्धमा सर्बोच्च अदालतले आफूलाई आईजीपी बन्न पाउँ भन्दै दायर गरेको प्रमाणमा किर्ते नम्बर चढाएको हो भने आवश्यक कारबाही गर्न सरकारका नाममा आदेश दिएपछि उनी केही दिनदेखि सम्पर्कबिहीन छन् ।
ललितपूर क्षेत्र नम्बर ३ बाट बिजय भएका सिलवाल बेला बेलामा फेसबुक स्टाटस र ट्वीटरमा ट्वीट भने गरिरहेका छन् । सिलवाल केहिले अमेरिकामा छन् भनेर समाचार आईरहेको छ भने कहिले मेलेसिया त केहिले बैंककमा तर उनले केहिदिन अगाडि आफू जनताको घरमा भएको स्टाटस लेखेका थिए ।
सर्बोच्च अदालतले नै साँसद सिलवाललाई कीर्तेमा कारबाही गर्नु भनेपछि काठ्माण्डौ प्रहरी कहिले ललितपुरको भट्टेडाँडामा त कहिले उनी भएको स्थान खोज्दै भौतारिरहेको देखिन्छ ।
उनलाई प्रहरीले बिदेशको समेत प्रहरीबाट समात्न सहज होस भन्ने हेतुले इन्टरपोलमा समेत राखिएको समाचार आईरहेको छ । प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले आफूलाई यस बिषयमा जानकारी नभएको र यसलाई अनुसन्धानको क्रममा भएको हुनाले बाहिर मिडियामा सम्प्रेशण गर्न नमिल्ने बताए ।

यसै बिषयमा ईनटरपोलमा समेत राखिएको भनिएका पूर्ब डीआईजी सिलवालको बिषयमा ईनटरपोलका एआईजी बम बहादुर भण्डारीलाई पटक पटक सम्पर्क गर्दा उनले सुर्यखबर प्रतिनिधिको फोर रिसिभ गरेनन् । ईन्टरपोलको वेवसाईटमा रहेको मष्ट वाण्टेडको लिष्ट खुल्दैन । उनको नाम छ वा छैन त्यो भने देखिदैन । इन्टरपोलमा नाम भए संसारभरका सदस्य राष्ट्र १९२ वटा मूलूकका प्रहरीले एयरर्पोर्टमा उनलाई समात्न सक्ने सम्भावना रहन्छ ।