आर्थिक

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा कम्बल बितरण

काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मंगलबार महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई माछापुच्छ्रे बैंक लिमिटेड बर्दिबास शाखाले ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक श्री रमेश अधिकारीले एकल महिला देखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरे ।
यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।