गाजा सिटी । शुक्रबार इजरायल र गाजा शहरको सीमामा रहेको गाजा सिटीमा दशौँ हजार प्यालेस्टिनी जम्मा भएर विरोध प्रदर्शन गरेका छन् ।
इजरायली सेनाले गरेको आक्रमणमा परी १९ प्यालेस्टिनीको मृत्यु भएको एक हप्तापछि आज सो प्रदर्शन गरेका हुन् ।
इजरायली सेनाको आक्रमणमा परी एकै दिनमा १९ प्यालेस्टिनीको मृत्यु सन् २०१४ यताकै एक रक्तपातपूर्ण दिनको रुपमा रहेको उनीहरुको दाबी छ ।
केही वर्षयता भएका प्रदर्शनहरुमध्ये यो प्रदर्शन ठूलो जनसहभागितामा भएको पनि बताइएको छ । हालसम्म यो प्रदर्शन शान्तिपूर्ण रहेको समाचारमा जनाइएको छ ।