पु.समाचार

काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा

इनरुवा । केही दिनअगाडि निधन हुनु भएका नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु आज सुनसरी खोलामा सेलाइएको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा–४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बालगायतका नेता तथा कार्यकर्ताले उहाँको योगदानको विषयमा चर्चा गरेका थिए ।