राजनीति

प्रधानमन्त्रीसहित एमाले नेताहरुसंग माओबादी अध्यक्ष दहालको टिम बालुवाटारमा

काठमाण्डौ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा एमाले माओबादी पार्टी एकता समितिको बैठक बसिरहेको छ ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले एकता हुंदा ५० ५० प्रतिशत माग गरेपछि एकता भाँंडिने आशंकालाई हटाएर जसरी पनि एकता गर्ने उद्देश्यले समितिको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री ओली, बरिष्ठ नेता माधब कुमार नेपाल, रक्षमन्त्री समेत रहेका एमाले माहासचिब इश्वर पोख्र्रेल, उपाध्यक्ष बामदेब गौतमको उपस्थिति छ भने माओबादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका रामबहादुर थापा उपस्थित छन् ।
पार्टी एकताको पछिल्लो राजनीतिक बिकासक्रम र बैसाख ९ गते हुने भनिएके पार्टी एकता घोषणालाई अन्तिम रुप दिन प्रयास गरिएपनि दुबै पक्षले आ आफ्ना अडान नछाड्ने हुंदा बैठक केही समय लम्बिने वा निष्कर्षमा पुग्न नसक्ने नाम नभन्ने शर्तमा माओबादी केन्द्रका एक केन्द्रीय नेताले दाबी गरेका छन् ।