ब्रेकिङ न्युज

एकै दिन तोलामा ८ हजार २ सय रुपैयाँले घट्यो सुनको मुल्य

२४ जेठ, काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकै मूल्य घटेको छ।

आज तोलामा सुन ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल ३ लाख ८ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै एक तोला चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ।

गत शुक्रबार सुन तोलाको ३ लाख ९ हजार र चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

गत बिहीबार सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो भने चाँदी ५ हजार २८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।