राजनीति

सोझा जनता माथी गोलि बर्साउने कार्य यथावत रहे तरुण दल कठोर कदम चाल्छ : अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ओली सरकारले निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई कारबाही नगरे कडा कदम चाल्ने बताएका छन् । अध्यक्ष बस्नेतले सरकारले बलात्कारीलाई कारबाही माग गर्दै निस्किएको नागरिक जुलुसलाई नै आक्रमण गर्दा अर्का निर्दोष बालकको समेत गोली प्रहार गी हत्या गर्नुले सरकारको लाचारी र जनबिरोधी कदम स्पष्ट देखिएकोले नसच्याए सरकार बिरुद्ध जस्तोसुकै कदम चाल्न समेत बाध्य हुने प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् ।
अध्यक्ष बस्नेत भन्छन्, “जघन्य अपराधमा संलग्न दोषीलाई संरक्षण गर्न वास्तविक अपराधीलाई पक्रन नसकी नक्कली अपराधी खडा गरेर पीडक भनिएको र पीडित दुबै पक्ष लाइ झनै पिडा माथि पिडा दिनु, न्याय माग गर्ने सिधा, सोझा जनता माथी गोलि बारुद बर्साउने काम गर्नु निर्लज्ताको पराकाष्ठा हो ।”
नेपाल तरुण दलको आन्दोलनका कारण दुईएतिहाई मतको सरकारले बढाएको पेट्रोलको भाउ घटाएको थियो भने यस चेतावनीलाई बेवास्ता गरे तरुण दल जनतासंग जान देश ब्यापी आन्दोलन गर्ने संकेत नेपाली काँग्रेसका युवा नेता तथा तण दल अधयक्ष बस्नेतले संकेत गरेका छन् ।

उनकै शब्दमा ,‘ओलि सरकार !!
देशमा सुशासनको प्रत्याभूति गराइ जनता लाइ सुरक्षाको ग्यारेन्टी गर्नु राज्यको प्रमुख दायित्व हो भन्ने कुरामा सरकार को ध्यानाकर्षण होस!!
मुलुकभर बलात्कार र हत्याजस्ता घटना बढ्दै गैरहेको छ, कंचनपुर कि अबोध १३ बर्से निर्मला पन्तको बलात्कार पछि हत्या समेत भयो। यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई संरक्षण गर्न वास्तविक अपराधीलाई पक्रन नसकी नक्कली अपराधी खडा गरेर पीडक भनिएको र पीडित दुबै पक्षलाइ झनै पिडा माथि पीडा दिनु, न्याय माग गर्ने सिधा, सोझा जनता माथी गोलि बारुद बर्साउने काम गर्नु निर्लज्ताको पराकाष्ठा हो।

यस्ता निर्लज्ज काम कारबाहीको घोर भत्र्सना गर्दै वास्तविक दोषी सार्बजनिक गरि कडा भन्दा कडा कारबाही होस अन्यथा नेपाल तरुण दल सरकार बिरुद्ध कठोर कदम उठाउन बाध्य हुने छ।
जय नेपाल जय तरुण!!!’