समाचार

एसपी बिष्ट निलम्बनमा, डिएसपी सेटीलाइ हेडक्वार्टर बोलाईयो

काठमाडौं । कञ्चनपुरका प्रहरी उपरीक्षक(एसपी) डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । शनिबार गृहमन्त्रालयले एसपी बिष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वार्टरलाई निर्देशन दिएको हो ।

१३ बर्षिय बालिका निर्मला पन्तको हत्याको अनुसन्धान नसकिदाँसम्मका लागि बिष्टलाई निलम्बन गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।

एसपी बिष्टका छोरालाई समेत शंकाको दायरामा ल्याईएको छ । कञ्चनपुरमा आन्दोलन चर्र्किएपछि बिष्टलाई सरुवा गरिएको थियो । बिष्ट कञ्चनपुर प्रहरी प्रमुख हुदाँ गलत मान्छेलाई बलात्कारी भनि सार्वजनिक गरेको भन्दैँ स्थानियहरु आन्दोलित बनेका थिए ।

डिएसपी सेटीलाई घटनाको सोधपुछका लागि प्रहरी प्रधान कार्यालय बोलाईएको गृह मन्त्रालयले जनाएको छ ।