समाचार

निर्मला र सन्नीलाई १०/१० लाख, परे प्रहरी उपरीक्षक विष्ट निलम्बनमा

काठमाडौँ । बलात्कारपछि हत्या भएकी निर्मला पन्त र गोली लागि मृत्यु भएका सन्नी खुन्नाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत स्पप दिने निर्णय गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले प्रहरी नायब उपरीक्षक सेठी र जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा बोलाउने निर्णय गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।