राजनीति

काँग्रेस बलियो बनाउन कार्यकर्ताले जनताको मन जित्ने काम गर्नुपर्छः बरिष्ठ नेता पौडेल

काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको बानी नै जनतालाई ढाँट्ने रहेको बताएका छन् । काँग्रेसको अवस्था पछिल्लो समयमा खस्केको बताउदै उनले जनप्रतिनिधिहरु पारदर्शी ढंगले जनसेवामा लाग्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
जनप्रतिनिधिहरुसंगको छलफल कार्यक्रममा बोल्दै कम्युनिष्टहरुले काँग्रेस विजयी भएको ठाँउमा बिकास निर्माण लगायतमा भेदभाब गर्ने पुरानो चलन रहेको दाबी गर्दै काँग्रेसका प्रतिनिधिहरुले त्यसलाई चिर्न सक्नुपर्ने दाबी गरेका छन् ।
नेकपाले पछिल्लो समयमा जनबादको कुरा उठाईरहेको स्मरण गर्दै जनबादले संघीयता भन्दा केन्द्रीकृत प्रणालीलाई आत्मासाथ गर्ने बाटो देखिएको बरिष्ठ नेता पौडेलको आरोप छ ।
जनप्रतिनिधि र कार्यकर्ताहरुले जनताको मन जित्ने कार्यहरु गर्नुपर्ने बेला आएको धारणा राख्दै उनले त्यसका लागि सबै लाग्नुपर्ने बताएका छन् ।