समाचार

म्यानमाकी प्रथम महिला पाटन दरबार क्षेत्रमा

ललितपुर । म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेकी छिन् ।  बिहान ११ बजे पुगेकी उनी झण्डै एक घण्टा पाटन क्षेत्रमा रहेकी थिइन् । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो ।

चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गरेकी पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राखेकी प्याकुरेलले बताए ।

उनले भनिन् “विशेष गरेर यहाँका झाँकीमा उनले चासो देखाइकी छिन् ।” हिरण्यवर्ण महाविहारमा चोलाई त्यहाँका पुजारीले पूजा पनि गराए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनका लागि उनी नेपाल आएकी हुन् ।