मनोरञ्जन

प्रशंशा केसी बनिन् वाई-वाई ग्लोकल टिन हिरो २०१८

काठमाडौँ । शनिबार राजधानीमा आयोजित एक बिशेष कार्यक्रमबीच प्रशंशा केसीले “वाई वाई ग्लोकल टिन हिरो २०१८”को उपाधी पाएकी छिन् । उपाधीपाएकी केसीलाई मन्त्रि गोकर्ण बिस्ट तथा कार्यक्रमको निर्णायकहरुले एकसाथ वाईवाई ग्लोकल टीनहिरोको उपाधिसंगै ट्रफी हस्तान्तरण गरेका थिए । यसैबीच के .सी वर्ष २०१८को फंतास्टिक टिन भएकाछन् ।

यो बर्ष देश भरिका प्रभावशाली किशोर किशोरीहरुबाट कुल ५३२ आवेदन आएको थियो जसले उपेक्षा गरिएको उमेर समूहको किशोर (किशोरी भित्र रहेको सम्भावना देखाएकोे छ । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उधमी र समुदायविकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका छन् ।

वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर–किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहनगरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन कार्यक्रम गरिएको आयोजकको दाबी छ । मञ्च मार्फत किशोर –किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर -किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

काठमाडौँबाट२०१५मा सुरुवात भएको यो कार्यक्रम देशभरिका ४०० भन्दाबढी बिद्यालयका ५० हजारभन्दा बढी बिद्यार्थीेमाझ पुगेको थियो ।