राजनीति

बीपी कोईरालालाई तरुण दलको उच्च सम्मानःभब्य रुपमा जन्मजयन्ती मनाउन ७७ वटै जिल्लालाई परिपत्र

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुलाई आईतबार नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोईरालाको जन्मजयन्ती भब्य रुपमा आग्रह गरेको छ ।

तरुण दलका केन्द्रीय महासचिब भूपेन्द्रजंग शाहीले एक बिज्ञप्ती जारी गर्दै प्रजातान्त्रीक समाजबादका जननायक बीपी कोईरालाको जन्मजयन्तीमा रचनात्मक र श्रृजनात्मक कार्यक्रमहरु गरेृर भब्य रुपमा मनाउने तरुण दल केन्द्रीय समितिको निर्णय भएको हुंदा उक्त निर्णअनुसार कार्यक्रम गरि कार्यक्रमको रिपोर्ट समेत केन्द्रलाई बुझाउन परिपत्र गरेका छन् ।

तरुण दलले उक्त दिन पर्ने बीपी कोईरालाको १ सय ५ औं जन्म जयन्तीलाई रचनात्मक बनाउने निर्णय गरेको उक्त बिज्ञप्तीमा जनाईएको छ । काँग्रेस भातृसंस्था तरुण दलले पछिललो समयमा प्रभाबकारी कार्यक्रमहरु गरिरहेको छ ।