विचार/ब्लग

बीरभद्र भन्छन्,’ज्यूंदा सहीद टंकप्रसाद, जनताको भलाई र न्यायको बिषयमा कसैसंग झुकेनन्’

अरविन्द दाई(अध्यक्ष टंकप्रसाद आचार्य प्रतिष्ठान), आज हजुरले टंकप्रसाद आचार्यको वारेमा लेख लेखेर मलाई यसरी भाव विभोर पार्नुभयो । छाती यसरी गर्वले फुल्यो, कोही त छन् यो देशमा जो निडर भएर सत्यलाई रोजेर जे हो त्यहि लेख्न सक्ने, तर के गर्नु नेपालको राजनीति, यी राजनैतिक नेता तथा राजनैतिक दलका कार्यकर्ता । दाईले लेखे पछि मलाई पनि आफ्नो मनमा लागेको कुरा उठाउन मनलाग्यो र यो लेख प्रस्तुत गरेको छु । यो नितान्त मेरो अनुभव र भोगाईको कुरा हो कसैलाई मन परोस, नपरोस । त्यसो त यो परे परोस, नपरे नपरोस् भन्न मित्र श्रीहरि अधिकारीबाट सिकेको छु ।

हाम्रो देशको भूमि अपमानित छ, यहाँ कृषक भनेको सवैभन्दा अपहेलित समुहमा पर्छ । विध्या आर्जन संगै हामी आफु जन्मेको भुमिसंगको नाता तोड्छौँ र सहर अथवा पाएसम्म विदेश पलायन हुन्छौ र राष्ट्रवादको नाममा नेपाली जनता र नेताहरूलाई गाली गरेर अफ्नो नामर्दिपन लुकाउँछौँ । अर्को कुरा जनता । जनता भनेको को हो ?  हामी र हाम्रा युवापुस्ताहरू होईनन्, त्यी सवै कहाँछन्, कि खाडि देश बनाउँदै छन्, या फेरी कुनै विदेशि मुलुकमा-खास गरेर भारत, अमेरीकी या युरोपेली सहरमा अफ्नो वु्द्धी वेचेर खाईरहेका छन् । आफुलाई कुनै विदेशीले धाप मारेकोमा गौरव गर्छन् । कस्को उदेश्य पुर्ती भैरहेको छ त भन्दा उनै विदेशीको ।

मैले पनि धेरै पञ्चायती तथा वहुदल वादी नेताहरू व्यहोरेँ है । घरमा आएकालाई चिया बनाएर ख्वाउथेँ । २०४६ सालको अन्दोलन सुरू हुनु भन्दा करिव ८-९ महिना अघि मेरो सुत्ने कोठामा कङ्ग्रेसका विसिष्ट नेता (लगायत सन्तनेता कृष्ण प्रशाद भट्टराई) र वामपन्थी नेताहरु (क. मनमोहन अधिकारी लगायत) को बैठक टंकप्रसाद अचार्यको सभापतित्वमा बसेको झलझली याद आउँछ । त्यो वैठकमा मलाई टंकप्रसादजीले छलफलको रेकर्ड गर्नु है भन्नुभएको थियो । त्यो साँझ जव वैठक सुरूभयो, मैले छलफलका सहभागिहरूलाई सोधेँ, के यो छलफलको रेकर्ड गर्न सक्छु ?  कसैले केहि वोलेनन्, सन्त नेताले अलि कडा शोरमा मलाई रेकर्ड गर्न मनाहि गर्नुभयो । मैले सुरू गरेको रेकर्डर बन्द गरेँ र कोठाबाट बाहिरीएँ । ततपश्चात के कस्तो छलफल भयो मलाई थाहा भएन । तर त्यसको ८-९ महिनामा २०४६ सालको जनआन्दोलन सुरू भयो। चाक्सीवारीमा पहिलो भाषण भयो, वुवा विरामी भएकोले त्यो सभामा जानसक्नु भएन (गएको भए वुवाको श्वाभिमानमा ठूलो चोट लाग्ने रहेछ) । त्यस सभामा भारतका महान नेताहरू आएर त्यस समयको नेपालको सर्वोच्च संस्थालाई तथानाम गाली गरे । हामीले त वाह भन्यौ र हामी सवै परिवारका सदस्यहरू आन्दोलनमा होमिने भयौँ । तर भारतिय नेताहरूले आफ्नै आँगनमा आएर नेपालको त्यस समयको सर्वोच्च संस्थालाई गाली गर्दा वुवालाई ठुलो ग्लानी भयो । त्यसको लगतै वामपन्थी साथिहरूले आन्दोलन अघि बढाउने क्रममा आमसभाको लागी टंकप्रसादको घरको आँगन मागे, जहाँ जहिले पनि मानवअधिकार दिवस मनाईन्थ्यो, तर टंकप्रसादजीले एउटा शर्त अघि सार्नुभयो ‘तपाईँहरू आउनुहोस, भाषण गर्नुहोस तर मेरो आँगनवाट कुनै पनि भारतियले नेपालको सर्वोच्च संस्थालाई गाली गर्न पाउँदैनन् । सो सम्बन्धी नेपाल टेलिभिजनमा एउटा बक्तव्य पनि निकाल्नुभयो । यो कुरा दुवै राजनैतिक दलका नेताहरूलाई पचेन । मेरो घरको आँगनवाट भाषण भएन ।

वुवाको शारिरिक अवस्था विग्रँदो थियो । १० बर्ष सम्म हथकडि र नेलमा विताएको जेल जीवनले उनको शरिरलाई यति जिर्ण बनाई दिएको थियो की उहाँ सकृयताका साथ अन्दोलनमा होमिन सक्ने अवस्थै थिएन । तर आन्दोलन भरि वुवालाई कंङ्ग्रेस र वामपन्थी दुवै समुहका भुमिगत नेताहरूको फोन आउँथ्यो वुवाले उनिहरूको खाने र बस्ने व्यवस्था गर्नुहुन्थ्यो । मेरो यो अनुरोध छ, त्यसवेलाका भुमिगत नेताहरू, जस्लाई वुवाले आन्दोलनको क्रममा धेरै सहयोग गर्नु भयो, उहाँहरूले आज छातिमा हात राखेर वुवाको भुमिकाको बयान गर्नु सक्न पर्ने हो । एक दुइ जनाको नाम त म यसै किटेर भन्न सक्छु ।

आन्दोलन सफल भयो, वहुदल आयो । सवैतिर हर्षोल्लास भयो । हाम्रो घरमा पनि दिपावली मनाइयो । सम्झदा पनि मन हैरान हुन्छ, काँग्रेसका नेता जो कोहि न कोहि हरेक दिन मेरो घरमा उपस्थित भएका हुन्थे, र वामपन्थी नेताहरू जस्ले भव्यताका साथ वुवाको ७५ बर्षको हिरक जयन्ती मनाएका थिए र हरेक मानव अधिकार दिवस मेरो घरमा मनाउँथे, कोहि पनि आउन छोडे । आन्दोलन पश्चात एकदिन शन्त नेता मेरो छिमेको घरमा (पन्चायत कालका अर्थमन्त्री) आएर लन्च खानुभयो, मेरो घर तिर हेर्दा पनि हेर्नु भएन । मेरो छिमेकीको कुटनितिको क्षेत्रमा आफ्नै चिनारी छ । वौद्धिक स्तर धेरै माथि छ र नेपाल र नेपाली भनेर गर्व छ । तर ……… आज आएर उदेक लागि रहेछ, यी नेताहरू जस्ले नेपालीलाई रैतिवाट जनता बनाउन आफ्नो ज्यानै उत्सर्ग गरे किन र केका लागि ?

विशेश्वर प्रसाद कोईरालाज्युलाई सम्झन्छु, वुवाको कोठमा सेतो चकटीमा वसेर सम्वाद गरेको । पछिल्लो समयमा उहाँहरू विचको सौहार्दता । आमाले विशेश्वर प्रसाद कोइरालाज्यूको निधारमा लागाइ दिनु भएको दसैँको त्यो ठूलो रातो अक्षेताको टिका । लामो कद, हँसिलो मुहार अनी उहाँको त्यो सेतो लवेदा सुरुवालमा निधारमा त्यो रातो टिका । एक दिन विपी वावुले, ‘टंक प्रसादजी तपाईँ बुढो र असक्त हुनुभयो, तपाईँको एउटा छोरा मलाई दिनुहोस भन्नु भयो।’ वुवा, विपी, गणेशमानजी जस्ता कर्मवीरहरूको निस्वार्थ भावले अन्याय संगको जिवनभरको लँडाइ । जस्को फल आज हामी खाई रहेका छौँ । तर यती कृतघ्न र कमजोर छौँ कि हामी, टंकप्रसादलाई नेपालको समकालिन राजनितीमा उनको उचित स्थान दियौँ भने हाम्रो नेता ओझेलमा पर्छन् की भन्ने डर । हामी यति सम्म पनि सोच्न सक्दैनौ कि यो देशको इतिहासमा सवैको आ-आफ्नो विषिष्ट स्थान छ । समयको क्रमलाई हेर्ने हो भने कसैले फटा वोलेर वा फटाँईको सहारा लिएर लेखेको भरमा कुनै कर्मविरको वा देशको सपुतको भुमिकालाई औझेलमा पार्न सक्दैन । सत्य जहिले पनि टडकारो रुपमा अघि तेर्सिहाल्छ । एक पुस्ता देखी दुई पुस्ता सम्म जाला । तर विश्व ईतिहासले यहि कुरा दर्शाउँछ ।

टंकप्रसादको जीवनभर एउटै भनाई रह्यो, हामीले हाम्रो श्वाभिमानको जगेर्ना आफ्नै वलबुतामा गर्नुपर्छ, कसैको बुई चढेर होईन । यो कुराको गाम्भिर्यता त्यस बेलामा नबुझेका हामी परिवारका सदस्यले आज आएर बुझे जस्तो लाग्छ । हालको परिप्रेक्षमा नेपालको राजनीतिमा भारत कति सकृय र हावी भएको छ, विदेशिको आर्थीक सहयोग विना देश नचल्ने अवस्थामा पुगेको छ ( हल हराएको जुवा जस्तो भएको छ । यसै सन्दर्भमा आज मलाई फेरी एकपटक मेरो केहि दिन अघिको राष्ट्रियता सम्बन्धी छोटो लेखलाई यहाँ प्रस्तुत गर्न मनलाग्यो । आजको यथार्थ पनि यहिनै हो । वुवाको राष्ट्रवादलाई अरविन्द रिमाल दाईको लेखमा हेर्नु भयो होला । मैले मेरो जीवनमा वुवाको त्यो सरलतालाई देखेँ, त्याग देखेँ, विवेक देखेँ, दरबार हाईस्कुलमा पाँच क्लास पढेको बुढाको कोठामा स्नातकोत्तर, पिएचडि र के के हो गरेर आएका नेपाली विद्वान र विदेशी प्रोफेसरहरू हात बाँधेर कोठाको एकतर्फ धोएर राखेको त्यी सफा सेतो चकटिमा नतमस्तक भएर बसेको देख्दा यती गर्वले छाति फुल्थ्यो । मेरोलागी राष्ट्रवादको परिभाषा यहिनै रह्यो । अव हामी छोराछोरीले वुवाको जीवन र संस्कारबाट बुझेको राष्ट्रवादको परिभाषा वारे केहि चर्चा गर्छु ।

आज आएर हेर्छु, चिया खाएर छलफल गरेर वा भारतलाई गालि गरेर अथवा चिनबाट रेल भित्र्याएर हामी राष्ट्रवादी हुँदैनौ । पहिलाकुरा एउटा राष्ट्र के-के को संयोगले बन्छ हेरौ । म राजनिती सास्त्र, समाजसास्त्र दुवैको विध्यार्थि होइन । म गलत भएँ भने भन्नुहोला । मेरो बुझाईमा एक राष्ट्र भनेर भन्दा भूमी, जनता र सार्वभौमसत्ता हुन्छ जस्तो लाग्छ । हाम्रो देशको भूमि अपमानित छ, यहाँ कृषक भनेको सवैभन्दा अपहेलित समुहमा पर्छ । विध्या आर्जन संगै हामी आफु जन्मेको भुमिसंगको नाता तोड्छौँ र सहर अथवा पाएसम्म विदेश पलायन हुन्छौ र राष्ट्रवादको नाममा नेपाली जनता र नेताहरूलाई गाली गरेर अफ्नो नामर्दिपन लुकाउँछौँ । अर्को कुरा जनता । जनता भनेको को हो ?  हामी र हाम्रा युवापुस्ताहरू होईनन्, त्यी सवै कहाँछन्, कि खाडि देश बनाउँदै छन्, या फेरी कुनै विदेशि मुलुकमा-खास गरेर भारत, अमेरीकी या युरोपेली सहरमा अफ्नो वु्द्धी वेचेर खाईरहेका छन् । आफुलाई कुनै विदेशीले धाप मारेकोमा गौरव गर्छन् । कस्को उदेश्य पुर्ती भैरहेको छ त भन्दा उनै विदेशीको । ठिक छ, त्यो नेपालिले दुई छाकको साटो चार छाक खान पाए, गाडि चढ्न पाए । उनीहरू आत्मरतीमा यसरी मातिएका हुन्छन्, उनले यो बुझेको हुन्नन् जुनदिन त्यो विदेशीलाई उनिहरूको आवस्यक्ता पर्दैन त्यो दिन उनको मोटर पनि खोसिन्छ र उनिहरू लुरूक्क परेर नेपाल फर्किनु पर्छ । त्यो वेला उन्ले फुस्रेधाक देखाउनु वाहेक भएको आत्मसम्मान गुमाई सकेको हुन्छन्, उनिहरूलाई के को राष्ट्रियता र राष्ट्रवाद । अनि हाम्रा युवाहरू आफ्नो घर गाउँको खेत छोडेर खाडि मुलुक पसेका छन् । यहाँ आमा अपमानित छिन, युवाको पसिना नपाएर सुख्खा भएर रोई रहेकी छिन तर हाम्रो रगत र पसिनाले विदेशि माटोलाई सिँचित गर्दैछ । के यहि हो राष्ट्रवाद । हामी हाम्रा भाई वहिनीलाई विदेशिन बाध्य पार्छौँ र भारतलाई गालिगरेर ठुलो राष्ट्रवादि हुन्छौँ । अवरह्यो सार्वभौमसत्ताको कुरा हाम्रा मन्त्री, प्रधानमन्त्री भारतको ईसारामा चल्छन् । हाम्रा आन्तरीक मामीला सुल्झाउन भारतलाई गुहार्नु पर्छ । हाम्रो मुलुकमा भारतीय नेताहरूले आएर हाम्रा सर्वोच्च संस्थालाई गालिगर्दा हामी थपडि बजाउँछौ्ँ । हाम्रो आन्तरीक मामीला भारतले सुल्झाइदिनु पर्छ । अनि हामी राष्ट्रवादको नारा दिन्छौँ । यस्तो फोस्रो राष्ट्रवाद।

त्यो बेला उनले फुस्रेधाक देखाउनु वाहेक भएको आत्मसम्मान गुमाई सकेको हुन्छन्, उनिहरूलाई के को राष्ट्रियता र राष्ट्रवाद । अनि हाम्रा युवाहरू आफ्नो घर गाउँको खेत छोडेर खाडि मुलुक पसेका छन् । यहाँ आमा अपमानित छिन, युवाको पसिना नपाएर सुख्खा भएर रोई रहेकी छिन तर हाम्रो रगत र पसिनाले विदेशि माटोलाई सिँचित गर्दैछ । के यहि हो राष्ट्रवाद । हामी हाम्रा भाई वहिनीलाई विदेशिन बाध्य पार्छौँ र भारतलाई गालिगरेर ठुलो राष्ट्रवादि हुन्छौँ । अवरह्यो सार्वभौमसत्ताको कुरा हाम्रा मन्त्री, प्रधानमन्त्री भारतको ईसारामा चल्छन् ।

केहिदिन अघि टंकप्रसाद आचार्यको वारेमा एकजना वैनीको लेख हेरेको थिएँ ‘जातको जाँतो’। उनले डा. राजेस गौतमजीले लेखेको कितावलाई उद्रित गर्दै सो कितावमा धर्म रत्न यमिले टंकप्रसाद जेलमा रहँदा उनले राणासंग जातफर्काइ पाउँ भनेर निवेदन हाले भनेर लेख्नु भएको रहेछ । यहाँ नेपाली भएर नेपालीलेनै नेपालीलाई नै खसालेर आफु माथि उठ्ने वा अरूको बुईमा चढेर तन्कीन खोज्ने संस्कार विकास भएको देशमा वैनिले आफ्नो कुरा राख्नु भएकोमा मलाई कुनै आस्चर्य वा अपसोच छैन । मैले वुवासंगको गफ र प्रोफेशर, जेम्स फिसरले लेख्नु भएको किताव The Living Martyrs, नेपाली उल्थामा ‘जिउँदो शहिद'( अरविन्द रिमाललाई उद्रित गर्दै भन्छु, टंकप्रसादले जनाताको भलाई र सामाजीक न्यायको कुरामा कहिले कसैसंग झुकेनन् र नेहोरा पनि गरेनन् ।

वास्तविकता के भने टंकप्रसाद जेलमा छँदा उनका पिताको शोर्गारोहण भयो । उनि टिकाप्रासादका एकमात्र वाँचेका छोरा थिए । यस अवस्थामा उनले राणासरकारलाई १३ दिन किरिया वस्न पाउँ भनेर आफ्नो पितासंगको हाड नाता र स्नेहभावको साथै हाम्रो समाजमा विध्यमान सामाजीक मन्यता र रिती रिवाजको जगेर्ना गर्न खोज्नुभयो । त्यही विषयलाई अतिरन्जीत गरेर कस्ले कहाँ कहाँ दुनो सोझ्याए त्यो मेरो खोजको विषय होईन । वैनिले जात फर्काइ पाँउ भनेर निवेदन हालेको भनेर लेखीछन् । मैंले सवै पढेँ । माया लाग्यो त्यो बहिनी संग, साँचै भन्ने हो भने आम नेपाली संग। आफ्ना अग्रजलाई कसरी हेर्नु र नाप्नु पर्छ हामीलाई कसैले सिकाएन । धर्मरत्न यमीले कुन आधारमा टंकप्रसादको जेल जीवन वारे लेखे । डा राजेश गौतमले कुन सन्दर्भमा कसरी यो कुरा उद्रीत गर्नुभयो । तर यती साँगुरो खोजमा आधारीत मनगढन्ते लेख सार्वजनिक अखवारमा कसरी छापियो ।

यिन लेखहरूमा न गहिरो अध्यन हुन्छ, न त सत्य तथ्यमा आधारीत हुन्छन् । रमाईलो कुरो त त्यो लेख लेख्नेमान्छे आफु कति पानीमा छ, उसैलाई थाहा हुँदैन । मेरो यो लेखको उदेश्य जानकारी मुलक मात्र हो, नकी कसैलाई गाली गर्न वा होच्याउन ।

मेरो र मेरो परिवारको लागी यो ठुलो कुरो पक्कै होईन । यस विषयमा कलम नचलाएको भए पनी हुन्थ्यो । तर आजको अरविन्द दाईको लेखले म मा एउटा नयाँ उर्जा थपिएको छ । सत्यको जहिले पनि जित हुन्छ । आज नभए भोलि । आज मैले औँला उठाए जस्तै भोलीका युवाले कुनै राजनैतिक दलको या कसैको झोला बोकेर वस्दैनन् । आफ्नो आत्मसम्मान गुमाएर फटाहा र झोलेहरूको संगत गर्नु महापाप हो भन्छन् । यदि धर्मरत्न यमिले उठाएको कुरा सहि नै हो भने यो कुरा पक्कैपनि ईतिहासमा लुकेर वस्दैन । यदि सँचो हो भने वाउको ऋण त छोराछोरीले नै तिरने होनी । कसरी तिर्न पर्ने हो तिरौँला । होईन भने कतिपय विषयहरूमा टंकप्रसादजीलाई सार्वजनिक सुचनाका माध्यमहरू मार्फत कतिपय समयमा होच्याउने खालका लेखहरू पढने अवसर पाईरहेको हुन्छु । यिन लेखहरूमा न गहिरो अध्यन हुन्छ, न त सत्य तथ्यमा आधारीत हुन्छन् । रमाईलो कुरो त त्यो लेख लेख्नेमान्छे आफु कति पानीमा छ, उसैलाई थाहा हुँदैन । मेरो यो लेखको उदेश्य जानकारी मुलक मात्र हो, नकी कसैलाई गाली गर्न वा होच्याउन । यहि छ आजको यथार्थ । नयाँ नेपालको सन्दर्भ । जय नेपाल आमा ।

(बीरभद्र आचार्य ज्यूंदा सहिद एबं पूर्ब प्रधानमन्त्री स्व. टंकप्रसाद आचार्यका सुपुत्र हुन् )