राजनीति

सङ्घीयता मुलुकले थेग्न सक्दैनः अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र जनजीविकाका सवालमा सरकार कमजोर देखिएको आरोप लगाएका छन् ।

राष्ट्रिय जनमोर्चा काठमाडौँको पाँचौ जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले यसलाई तिरष्कार गर्ने बताए ।

अध्यक्ष केसीले सङ्घीयता खारेज नभएसम्म आफ्नो पार्टीले सो मुद्दा नछाड्ने स्पष्ट पारे । त्यसअघि शान्तिबाटीकाबाट शुरु भएको ¥याली विभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादीमा पुगेर सम्मेलनमा परिणत भएको थियो ।