राजनीति

दलित बिद्यार्थी छुटाएपछि नेबिसंघ केन्द्रको बैठकमा यसरी भयो घम्साघम्सी

काठमाण्डौ । नेपाल बिद्यार्थी संघको केन्द्रीय कार्यालय सानेपामा बोलाईएको बैठकमा बिबाद भएको छ । नेपाल विद्यार्थी संघमा पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनमा दलित विद्यार्थीलाई छुटाईएको विरोधमा नेविसंघ केन्द्रीय समितिको बैठक बहिस्कार गरिएको स्रोतको दाबी छ ।

अध्यक्ष नैनसिंह महरले सानेपामा बोलाएको बैठकमा केन्द्रीय सदस्य पवन नेपालीले दलित विद्यार्थीलाई विभेद गर्दै २२ जनाको मनोनयनमा एक जना पनि दलित विद्यार्थी नपार्नु दुखद रहेको बताएका थिए । उनको अगुवाईमा नेविसंघ केन्द्रीय समितिका सबै दलित नेताहरूले बैठक बहिस्कार गरे । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र प्रदिप पौडेलको पहलमा ४ दिनभित्रै गल्ती सच्याउने सहमति अध्यक्ष महरले गरेपछि उक्त बिबाद साम्य भएको थियो ।
नेबिसंघ केन्द्रीय समितिमा संस्थापन पक्ष, पौडेल पक्ष र सिटौला पक्ष गरेर महाधिवेशन गर्ने बिषयमा बिबाद भईरहेका बेला नयाँ बिबाद आएपनि अध्यक्ष महरलाई साम्य पार्न हम्मे हम्मे परेपछि केन्द्रीय सदस्यद्वयले बिबाद मिलाएको बैठकमा उपस्थित नेबिसंघका एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।