स्वास्थ्य

बिरामीलाई फलफूल वितरण

भक्तपुर । नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताए । सो कार्यक्रमका वक्ताहरुले काङ्ग्रेसले बिपीको मेलमिलापको नीतिलाई अवलम्वन गरेर जानुपर्ने बताए ।