राजनीति

बीपी काँग्रेस भातृसंस्था नेबिसंघले गर्यो १८ सदस्यीय कार्यसमिति बिस्तार (नाम र विज्ञप्तीसहित)

काठमाण्डौ । नेपाली काँग्रेस बीपीको बिद्यार्थी भातृसंस्था नेपाल बिद्यार्थी संघले आफ्नो संगठनको केन्द्रीय समिति बिस्तार गरेको छ । उक्त बिद्यार्थी संस्थाका अध्यक्ष अन्जान लामाले आज पदाधिकारी र सदस्य गरेर १८ जनालाई उक्त संगठनमा मनोनीत गरेका छन् । बीपी कोईरालाको जन्मजयन्तीका अवशरमा लामाले बिद्यार्थीसंगठनलाई बिस्तार गरिनु बीपीको सम्मान भएको बताए ।

कार्यसमितिका उपाध्यक्षमा अशोक कुमार यादब रहेका छन् भने महामन्त्री राज महर्जन, सहमहामन्त्री जीवन कठायत, भूपी दौल्पाल, कोषाध्यक्ष बिक्रम लामा रहेका छन् भने सदस्यहरुमा डम्बर केसी, भरत न्यौपाने, सोमन राना, अमित ओली, आशिष अलि, शुश्री प्रशन्न बिक, सुश्री रुपा सुनुवार, हिस्से नोर्बु लामा, सुयोग सिंह ठकुरी, अर्जुन लामा, रेशम कुँवर, मनिशा आचार्य रहेका छन् ।

अध्यक्ष लामाले एक बिज्ञप्ती जारी गर्दै बिस्तारै देशभरका कलेजहरुमा समेत नेबिसंघलाई बिस्तार गर्दै लैजाने बताएका छन् । नेपाली काँग्रेस बीपी गत तीनै तहको निर्बाचनमा प्रतिष्पर्धामा आएको थियो । बीपी काँग्रेसका अध्यक्ष पुराना काँग्रेस नेता हरिबोल भट्टराईले गरेका छन् । हरिबोल भट्टराई काठ्माण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि लडेका थिए भने बीपी भातृसंस्थाका अध्यक्ष लामा क्षेत्र नम्बर १ बाट प्रदेश क मा निर्बाचन लडेका थिए ।
उनीहरु पराजित भएपनि काँग्रेसका उमेर्द्वारहरुलाई मनोबैज्ञानिक अशर पारेका थिए ।