राजनीति

ओली सरकारका ज्यादती र उदण्डता नरोकिए ठूलो मूल्य चुकाउनुपर्छ : डा. कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले समाचार लेखेको भरमा राजनीतिक आस्थाका भरमा खोजतलास दैनिकका पत्रकारलाई पक्राउ गर्नु दुःखद भएको बताएका छन् ।
नेता कोईरालाले भर्खरैमात्र प्रकाशित गरेको प्रेश बिज्ञप्ती जारी गर्दै समाचारलाई सक्कल लेख्ने दृष्टी साप्ताहीकलाई केहीपनि नगर्नु तर समाचार साभार गर्ने पत्रकारलाई पक्राउ गर्नु प्रेश स्वतन्त्रतामाथीको ठाडो हस्तक्षेप भएको जिकिर गर्दै उनलाई बिना शर्त नछाडे ओली सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् । उनले उक्त बिज्ञप्तीमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको घट्नाले अत्यन्तै दुखी बनाएको छ। दृष्ट्रि साप्ताहिकमा प्रकाशित समाचार साभार गरेको भन्दै खोजतलास डट्कम र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथी बोलिएको धावा र ठाडो हस्तक्षेप हो। यो सरकारको सर्बसत्ताबादी चरित्र हो। समाचार लेख्ने दृष्ट्रि साप्ताहिकलाई उन्मुक्ती दिने तर राजनितीक रुपमा फरक बिचार राखेकै भरमा समाचार साभार गर्ने पत्रकार बस्नेतलाई पक्राउ गरिनु नितान्त राजनितिक जालसाँझी हो। हिरासतमा राखिएका पत्रकार बस्नेतको तत्काल रिहा नगरिए र स्वतन्त्र प्रेसमाथीको ज्यादती र उदण्डता नरोकिए सरकारले ठुलो मुल्य चुकाउनु पर्नेहुन्छ।’