पु.समाचार

संघीयता कमजोर बनाउने ओली सरकारको ध्यानलाई काँग्रेसले असफल बनाउछः नेता निधी

बिमलेन्द्र निधी

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाए ।

नेपाल दलित सङ्घ प्रदेश नं २ स्तरीय प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले भने, “सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत रहेको देखिएको छ ।” उनले सरकारले सम्पूर्ण संयन्त्रमा आस्थाका आधारमा भेदभाव गरिरहेको पनि आरोप लगाए ।

नेपाल दलित सङ्घ प्रदेश नं २ मधेश सङ्गठन विभाग प्रमुख रामवरण पासवानको अध्यक्षतामा भएको सो कार्यक्रममा दलित सङ्घका अध्यक्ष मीनबहादुर विश्वकर्मा, न काँग्रेसका केन्दीय सदस्य महेन्द्र यादव, पूर्वकेन्द्रीय सदस्य रामकृष्ण यादव, काङ्ग्रेस धनुषा जिल्ला सभापति महेशशङ्कर गिरी र प्रदेश नं २ प्रदेशसभाका प्रतिपक्षी दलका नेता रामसरोज यादवले जातिगतभन्दा विचार र व्यवहार उच्च हुनु जरुरी छ भने।