राजनीति

काँग्रेसको अन्तिम चेतावनीः निर्मलालाई न्याय नदिए कञ्चनपुरबाटै आन्दोलनको सुरुवात

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ ।
भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारबाहीको मागसहित ज्ञापन पत्रसमेत बुझाएको छ ।

हत्या भएको ५५ दिन बितिसक्दा पनि वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै नेपाली काङ्ग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले आफूहरुको मागबारे बेवास्ता गरिए शसक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । उनले तेस्रो पटक काङ्ग्रेसले ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पेश गर्न आग्रह गरे ।

निमलाको बलात्कार र हत्या गर्नेलाई कारबाही गर्न सरकार चुकेको आोप लगाउदै न्याय नपाए काँग्रेसले कञ्चनपुरबाट नै देशब्यापी दबाब मूलक आन्दोलनको सुरुवात गर्ने उनीहरुको जीकिर छ ।