सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र सुर्खेतद्वारा दैलेख र सुर्खेतमा कार्यरत पशु स्वास्थ्य प्राविधिकसँग आज आयोजित जुनोसिस रोगसम्बन्धी जनचेतनामुक गोष्ठीमा उनले कर्णालीमा बसेर राम्रो काम गर्ने कर्मचारी, समूह सहकारी, कृषकलगायतलाई सम्बन्धीत काममा प्रोत्साहन गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजित गरेको जानकारी दिए ।
पशुका लागि एम्बुलेन्स :
कर्णालीका जिल्लाहरुमा विरामी पशुहरुका लागी एम्बुलेन्स सेवाको ब्यवस्था गर्नुपर्ने पशु प्राविधिकहरुले माग गरेका छन ।
कार्यक्रममा सहभागी कर्मचारीले कार्यक्षेत्रमा पशुसेवाका काम प्रभावकारी बनाउनका लागि कम्तीमा बिरामी पशुका लागि उपचारमा सहजता ल्याउन एम्बुलेन्सको व्यवस्था र रोग निदान गर्न भिडियो एक्सरेको व्यवस्था गरेमा सहजरुपमा सेवा प्रवाह गर्न सकिने चौकुने गाउँपालिका सुर्खेतका पशुसेवा शाखा प्रमुख भोजराज चपाइले बताए ।
पशु बीमा र बाली बीमा प्रदेश सरकारले गर्नुपर्ने चपाईको भनाइ छ । अब प्रदेश सरकारले सशर्त अनुदानको व्यवस्था गर्नुपर्ने कर्मचारीको भनाइ छ ।