काठमाडौँ । प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।
बिहीबार राती धादिङको गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यद्यपि उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।