राजनीति

काँग्रेसको ७७ वटै जिल्लामा ओली सरकार बिरुद्ध प्रदर्शन आज, सभापति देउवा अनुपस्थित

काठमाण्डौ । नेपाली काँग्रेसले ७७ वटै जिल्लामा आज नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्ध प्रदर्शन गर्दैछ । नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पाडेल, महामन्त्री डा. शसाँक कोईराला, युवा नेता गगन कुमार थापा लगायत काँग्रेस अधिकाँस केन्द्रीय सदस्यहरुलाई पार्टीले देशभरका सम्बोधनका लागि खटाएको छ ।
काँग्रेसले सोमबार गर्ने देशभरको प्रदर्शनमा केन्द्रीय सभापतिले भने सम्बोधन गर्ने कार्यक्रम नभएको स्वकीय सचिव भानु देउवाले बताए । काठमाण्डौमा दिउँसो १.०० बजे शान्तीबाटिकाबाट बिरोध प्रदर्शन शुरु हुने सभापति सबुजकृष्ण बानियाँले जानकारी दिए । काठमाण्डौको कार्यक्रममा प्रकाशमान सिंहले सम्बोधन गर्नेछन्, तनहुंमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पोखराका लागि युवा नेता गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।