९ असार, काठमाडौं । नेकपा (एमाले( को संसदीय दल र सचिवालय बैठक आज बस्ने भएको छ ।
पार्टीका अनुसार संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ भने सचिवालय बैठक साँझ ६ बजेका लागि तय गरिएको छ ।
दुवै बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछन् । बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्का गतिविधि तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने जनाइएको छ । ।





